सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

27
SHARES
226
VIEWS

काठमाडौं, १३ मंसिर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको हो । दुवै चरणका खेल दशरथ रंगशालामा हुनेछन् ।

यस पटक समेत एन्फाले हप्तामा चार खेल हुने जनाएको छ । यस्तै खेल दिउँसो र साँझमा हुने समेत जानकारी गराएको छ ।

३ मंसिरबाट सुरु भएको लिगका दोस्रो चरणका खेल आज सकिँदै छ । अन्तिम खेलमा अहिले साबिक विजेता मछिन्द्र फुटबल क्लब र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार