सँगम अधिकारी
खुर्सानीले बजार नपाउँदा पाल्पाका कृषक मारमा परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका हुन् । खुर्सानी बेचेर रु दुई लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएपनि बजार भाउ नपाउँदा लागत मूल्य नै नउठ्ने पाण्डेले बताएका छन् ।
पाण्डेले करिव साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो रु ९० देखि एक सयमा बिक्रि भएको थियो भने यस पटक मुस्किलले रु २० देखि २५ मा बेच्नु पर्दा समस्या परेको पाण्डेको दुखेसो छ ।
यसैगरी बगनासकाली वडा नं १ चिलाङ्दीका कपिल ढुंगानाको पनि समस्या उस्तै छ । ढुंगानाले पनि विगत दुईवर्षदेखि दुई रोपनी जग्गामा खुर्सानी लगाउँदै आएका छन् ।
बगनासकाली गाउँपालिकाले वडा नं १ चिर्तुङ्गधारा क्षेत्रमा खुर्सानीको पकेट क्षेत्र बिस्तार कार्यक्रम नै सुरु गरेको छ । चिर्तुङ्गधारा क्षेत्रका ९० जना कृषक खुर्सानी खेतिमा आबद्ध छन् भने करिव ६० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ ।
Discussion about this post