क्रिसमस डेको अवसरमा सार्वजनिक विदा !

23
SHARES
190
VIEWS

काठमाडौं, ९ पुस। इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा १० पुस अर्थात भोलि शनिबार सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र रोडी गाउँपालिकाको नाममा जिल्लासभा रुपन्देहीको जग्गा हस्तान्तरण गर्न स्वीकृत दिने, हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डार्क सेवा, इएमएस महसुल पुनरावलोकन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार