पाल्पामा सडक दुर्घटना हुँदा स्याङ्जाका एकजनाको मृत्यु

334
SHARES
2.8k
VIEWS

पुस -१२
पाल्पामा हिजो बेलुका सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छापडाँडा स्थायी घर भइ हाल तिलोत्तमा नगरपालिका वडा नम्बर ३ बनकटीमा बस्दै आएका टीका राना रहेका छन् । हिजो बेलुका करिब ६:४५को समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बर बसले ठक्कर दिदा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनु भयो। प्रहरी नायब निरीक्षक एवम् सूचना अधिकारी त्वातीका अनुसार दुर्घटनामा परि घाइते भएका रानामगरलाई प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। बस चालक स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ का तिर्थराज उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार