पुस – गोरु चराउन गएका पाल्पाका दान बहादुर सोमै जङ्गलमा मृत अवस्थामा फेला परेका छन् । हिजो बिहान करिब १० बजेको समयमा गोरु चराउन निस्केका रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ५ मुझुङका दान बहादुर घर नर्फकिएकोले आफन्तहरुद्वारा खोजतलास गर्न क्रममा आज बिहान ९ :४० बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post