चुरामणि तिमिल्सिना
पुस -१२ गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटामा झण्डै ३ करोडको लागतमा रिडी-तम्घास सडकखण्डमा श्रीङ्गेस्वर आयल स्टोर्सको औपचारिक कार्यक्रमका साथ लुम्बिनी प्रदेश सभा विशेष अधिकार सभापती माननिय कमल राज श्रेष्ठले रिबन काटी स्टोर्सको उद्घाटन गर्नु भयो । उद्घाटन शत्रमा छत्रकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रोप्राइटर डिलराम न्यौपानेको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अथिती माननिय श्रेष्ठ रहनु भएको थियो ।
यस्तै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ ढकाल , छत्रकोट गाउँपालिकाका अध्यक्ष मदुकृष्ण पन्थ , दुबै पालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्युहरु विशेष अतिथीका रुपमा रहनु भएका थिए । यस्तै कार्यक्रममा जनप्रतिनिधिहरु , छिमेकि पालिकाका राजनैतिक दलका पाटी प्रमुखहरु , सुरक्षा ,पत्रकार , शिक्षा प्रेमी महानुभावहरु , व्यापारीक बर्गहरुको आथीत्यता रहेको थियो । कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी सभापती श्रेष्ठले रोजगारिको सिर्जना संगै दिगोपन दिन तथा यस्तै नयाँ -नयाँ कार्यक्रमहरु थप गरि युवा जनशक्तिलाई स्वदेशमा नै कमाउन रमाउन आग्रह गर्नु भयो ।
यस्तै विशेष अथिती गौतम र पन्थले समाजमा लामो समयपछी आयल स्टोर्सले सफलता प्राप्त गरेकोले प्रोप्राइटरलाई धन्यवाद दिदै गुणस्तरीय सेवामा निरन्तरता दिन र थप रोजगारीको सिर्जना गर्न जोड दिनु भयो । कार्यक्रम समापन गर्दै अध्यक्ष पन्थले लामो समयको प्रयास पछी आफ्नै भेगमा सेवा संचालन गर्न पाउँदा खुसी व्यक्त गर्दै गुणस्तरीय सेवा दिन कुनै पनि कमि नगर्ने जनतालाई पदार्थ भए सम्म सेवा दिन कन्जुस नगर्ने प्रतिबद्धता जायर गर्नु भयो ।
कार्यक्रममा स्वागत रुरु एफएमका स्टेसन म्यानेजर युगराज बस्यालले गर्नु भएको थियो कार्यक्रमको सन्चालन हुमनाथ कंडेलले गर्नु भएको थियोे ।
Discussion about this post