सिद्धार्थ आधारभुत माबिमा नमस्ते नेपालद्वारा शैक्षिक तथा खेलकुलका सामाग्री प्रदान

17
SHARES
144
VIEWS

नमस्ते नेपालले तिलोत्तमा नगरपालिका वडा नंं १ मा रहेको सिद्धार्थ आधारभुत माबिमा शैक्षिक सामाग्री तथा खेलकुलका सामाग्री बितरण गरेको छ ।

देउसी भैलो खेलेर जम्मा भएको रकम तथा वडा न १ को सहयोगमा बिद्यालयमा केहि मात्रामा सहयोग होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गरिएको हो । नमस्ते नेपालले तिलोत्तमा नगरपालिकाको समेत आर्थिक सहयोमा ६० जना बिद्यार्थीहरुलाई ५० हजार बराबरको शैक्षिक सामाग्री तथा खेलकुदका सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका बडा नं. १ का बडा अध्यक्ष तामनाथ पाण्डेले नमस्ते नेपालले बिगतदेखि नै सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रंससा गर्दै आगामि दिनमा यस्ता सामाजिक कामहरु गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता उपाध्यक्ष मनिष भुषालको स्वागत तथा कोषाध्यक्ष सुसिल सुबेदिको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार