गाउँका युवाहरु सरकारको मुख ताक्न छोडेर सामाजिक काममा जुटेका छन् । विगतमा गाउँघरमा स्थानीयको सहभागितमा निःशुल्क हुने अधिकांश काम अहिले स्थानीय सरकारले बजेट विनियोजन भएपछि मात्र हुने गरेको छ । जसका कारण आफ्नो घरगाउँ वरपर गर्नु पर्ने स–साना कामको लागि पनि सरकारको मुख ताक्ने बानि परिसतर पर्वतको पैयुँ गाउँपालिकाका युवाहरु सरकारको मुख ताक्न छोडेर काममा जुटेका छन् । गाउँपाकिाको वडा नम्बर ५ का युवाहरु सामाजिक काममा गर्न सक्रीय भएका हुन् । वडा नम्बर ५ भुर्तेलथोक विश्वकृति युवा क्लबका युवाहरुले वर्षातको पानीले बिगारेको आफ्नो गाउँ जाने मुख्य सडक मर्मत गर्न सक्रीय भएका हुन् । मोटरसाईकल तथा हलुका सवारी साधन केही पनि गुड्न नमिल्ने भएपछि क्लबका युवाहरु मर्मत गरेका हुन । करिब २ सय घर रहेको गाउँमा जाने चिसापानी, सिरीन्डाडा, फिल्थुम, पिप्लेडाडा, डाडाघर हुदै देउराली सम्म जाने मुख्य सडक विग्रेका कारण युवाहरु आफैले निःशुल्क रुपमा मर्मत गरेर अहिले सहजै गाडि गुड्न सक्ने बनाएका छन । करिब लाखको लागतमा मर्मत गर्नु पर्ने सडक क्लबका युवाहरुले मर्मत गरेका हुन । “हामी जे गर्छौ देश विकासको लागि गर्छौ, देश विकासको अभियान विश्वकृतिको अभियानको पहिचान” भन्ने नारा लिएको क्लबले सामाजिक काममा अग्रसरता देखाउदै आएको छ । क्लबले आगामी दिनमा यस्ता कामहरु गर्ने र स–साना कामको लागि सरकारको मुख ताकेर नबस्ने जनाएको छ । विरामी बोक्ने एम्वुलेन्स समेत हिँडन नसक्ने गरी विग्रेको बाटो युवाहरुको सक्रीयतामा मर्मत भएपछि गाउँवासीहरुले खुशी व्यक्त गरेका छन् ।
Discussion about this post