जनता मावी गुल्मीको ५५ औ वार्षिकोत्सब सम्पन्न

27
SHARES
225
VIEWS

चुरामणि तिमिल्सिना
पुस -२२जनता माध्यमिक बिध्यालय सत्यबति गाउँपालिका वडा न १ अस्लेवा गुल्मीको ५५ औ बार्सिउत्सब समारोह ४ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ । समापन सत्रका प्रमुख अतिथी नेपाल सरकारका पुर्व पराराष्ट मन्त्री प्रतिप कुमार ज्ञवाली रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री ज्ञवालीले अबको शिक्षा प्राणली आधुनिक , प्राबिधिक , उपयोआर्जन र व्यबसाथिक मुखी बनाउदै अगाडी बढन आग्रह गर्दै शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक बिद्यार्थी अभिभावक र प्राप्त श्रोत साधन भएमा गुणस्तर कायम रहने बताउनु भयो ।

बिध्यालयका शिक्षक मणि ज्ञवालीको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रममा सत्यवति गाउँ पालिकाका अध्यक्ष पारीस्वर ढकाल , उपाध्यक्ष सुबर्ण शेरचन साही वडा न १ का वडा अध्यक्ष भिमलाल पाण्डे , विशेष अतिथी रहनु भएको थियो। कार्यक्रममा पुर्व बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारी , गोपाल प्रसाद पाण्डे , पुर्व सदस्य अर्जुन कनौजे , यक्सीङ माध्यमिक बिध्यलयका प्रधानाध्यापक चिरञ्जीवी ज्ञवाली , सहकारीका मुकुन्द प्रसाद पाण्डे , पुर्व सहप्राध्यापक चिरञ्जीवी पाण्डे , विभिन्न बिध्यालयका प्रधानाध्यापक हरु महिला समुहका अध्यक्ष हरु लगायतले कार्यक्रममा प्रतिनिधि मुलक शुभकामना प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहदै पालिका अध्यक्ष ढकालले यश बिध्यालयले चालेका हरेक गतिविधिमा यस पालिका बाट आर्थिक भौतिक तथा प्राबिधिक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो।
?
समारोहमा विभिन्न क्षेत्रमा योग्दान पुर्याउने कुणादी सामुदायिक बन , २०६४ सालको एस यल सि ग्रुप, शिक्षक , कर्मचारी अभिभावक , पत्रकार कर्मचारी लगायत लाई संमान गरिएको थियो । कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक युवराज पाण्डेले करिब २ करोड बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

समारोहमा बिध्यालयको यातायात निरन्तर सन्चालन गर्नको लागि आबस्यक बजेट व्यवस्थापनको लागि बिध्यालयले पालिकाका प्रमुखहरुलाई ज्ञापन पत्र समेत हस्तान्तरण गरेको थियो।

कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डे ले गर्नु भएको थियो। कार्यक्रमको सन्चालन शिक्षक बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार