सुआहाराद्धारा गल्याङ र भीरकोटमा कृषि सामाग्री हस्तान्तरण ।

24
SHARES
198
VIEWS

स्याङ्जा
पुस-२५। गल्याङ नगरपालिका र भीरकोट नगरपालिकाका कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । गल्याङ ४ निबुवाखर्क र भीरकोट १ जगतपुरका कृषकसमूहलाई दियालो सुआहाराको तर्फबाट बिभिन्न कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।

जलवायुमैत्री कृषि प्रविधि अभ्यासद्धारा आर्थिक सशक्तीकरण कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै समूहका लागि कृषि सामाग्री तथा औजारहरु हस्तान्तरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो । जलवायुमैत्री कृषि खेती प्रवद्र्धनका लागि बिभिन्न कृषि औजार हस्तान्तर गरिएको हो ।

भीरकोट १ को कृषक समूहलाई थोपा सिंचाई सेट,टनेल प्लास्टिक र मल्चिङ प्लास्टिक ११÷११ थान, गुमोज प्लास्टिक १० थान,प्लास्टिक क्रेट पाँच थान,पालिपट ३ थान र हजारी तथा बिउबिउजन प्रदान गरिएको हो ।

भीरकोट १ मा भएको कृषि सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दिपेन्द्र केसी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी,सुआहारा गण्डकी प्रदेश कृषि संयोजक अर्जुन सुवेदी, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे,सदस्य चण्डीका साप्कोटा,दियालो सुआहारा परियोजना प्रमुख ओमसुव गुरुङ लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै गल्याङ ४ को कृषक समूहलाई टनेल प्लास्टिक ११ थान,गुमोज प्लास्टिक १० मिटर, प्लास्टिक क्रेट पाँच थानm पोलिपट बिउबिजन आदि प्रदान गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद पाण्डे,दियालो संस्थाका अध्यक्ष कविता तिवारी,सुआहारा प्रदेश कृषि संयोजक अर्जुन सुवेदी, स्थानीय समाजसेवी मणि प्रसाद न्यौपाने,ढाकाराम न्यौपाने, दियालो सुआहाराका प्रवन्धक ओमसुव गुरुङ, प्रमिला सुवेदी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार