स्याङ्जास्थित कालिगण्डकी गाऊँपालिकाका मोहन सिंह थापा तिन हप्तादेखी बेपत्ता

91
SHARES
762
VIEWS

(स्याङ्जा)- स्याङ्जा स्थित कालिगण्डकी गाऊँपालिका वार्ड नं ५ मैदानका मोहन सिंह थापा तिन हप्तादेखी हराइरहेका छन् । ऊनि मङ्सिर २८ गतेदेखी परिवार संगबाट सम्पर्क विहीन भएका हुन् ।

६८ वर्षिय थापा एक्कासी सम्पर्क विहीन भएपछी उनका छोरा थम बहादुर थापाले इलाका प्रहरी कार्यालय जैपतेमा पौष एक गते निवेदन दिएका छन् । छरछिमेक, आफन्त, नजिकैका जंगल, खोला, छिमेकी जिल्लाहरुमा खोजी कार्य गर्दा समेत नभेटीएपछी निवेदन दिनुपरेको उनले बताए ।

उनको मानसिक अवस्था सामान्य रहेको तर एकसुरे स्वभाव रहेकोले गाडी चढेर अन्यत्र कतै गएको हुनसक्ने छिमेकी हेम थापाले बताए । रक्तचापको औषधी नियमित सेवन गरिरहेकाले उनको अवस्थाको बारेमा परिवारले चिन्ता व्यक्त गरेका छन् ।

गहुँगोरो वर्ण, उचाई ५ फिट र तौल अन्दाजी ४० केजी रहेका मोहन सिंह थापा केहि वर्ष अघिसम्म विद्यालयमा काम गर्दथे। उनको साथमा मोबाइल पनि नभएको र कतै भेटेमा खबर गरिदिन परिवारिक सदस्यले आग्रह गरेका छन्। यस विषयमा खोजिकार्य भैरहेको र हालसम्म कतै भेटिएको सुचना प्राप्त नभएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार