शनि, असार १८, २०७९
शनि, असार १८, २०७९

तानसेनमा एक दिने धार्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना

पाल्पाको तानसेनमा १ दिने धार्मिक अंतरक्रिया कार्यक्रम बद्देस्वर शिवालय मन्दिरमा सम्पन्न भएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल पाल्पाको आयोजनामा धार्मिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान पाल्पाका अध्यक्ष जयप्रकाश उप्रेतीको अध्यक्षमा कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा शिवालय मन्दिरका १०८ स्वामी यादव गिरीको प्रमुख आथीत्यता रहेको थियोे । कार्यक्रममा अध्यक्षताको आसनबाट बोल्दै उप्रेतीले हाल सम्म प्रतिस्ठानले गरेका कार्यक्रमहरु ,आगामी कार्यक्रम, सहयोग दाताप्रती धन्यवाद दिदै कोभिटको कारणले माघ मसान्तमा गर्न भनियको दोस्रो अधिबेशन स्थगित गरि कोभिड रोकथाममा सबै पदाधिकारीहरु स्थानिय क्षेत्रबाट प्रशासनका कदमलाई सहयोग पुर्याउन आग्रह गर्नु भयो। यस्तै संस्थाका कोषाध्यक्ष सुरेस न्यौपानेले आफ्नो कला संस्कृतीलाई संरक्षण गरि विभिन्न धार्मिक संस्था हरुलाई प्रतिस्ठानमा आबद्ध गराइ जिल्लामा सस्थाको पहिचान गराउन जोड दिनु भयो। कार्यक्रममा रुरु धार्मिक सेवा सञ्चार प्राइभेट लिमिटेड रुरुक्षेत्र धामले गरेका हरेक गतिविधिहरु देशका सबै धार्मिक संस्थारुले अनुसरण गरि अगाडी बढ्न सकेमा धार्मिक महिमा समेत बढने र देशलाई पर्यटन प्रबन्धमा अगाडी बढाउन सकिने कार्यक्रममा प्रमुख अतिथी यादबले बताउनु भयो। यस्तै कार्यक्रममा विभिन्न संघ -संस्थाहरुलाई आजिवन सदस्यता प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा पाल्पाका १० धार्मिक संस्थाका प्रमुखहरु स्थानिय धार्मिक अभियानताहरुको सहभागीता रहेको थियोे ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार