श्री जनहित मा विको ६३ औँ वार्षिकोत्सव सम्पन्न ।

40
SHARES
336
VIEWS

फत्त बहादुर गाहा,माघ- १०।
कालीगण्डकी गापा -१, कारिकोट चन्डी स्थित श्री जनहित मा विको ६३ औ वार्षिकोत्सब आज एक कार्यक्रम बिच सम्पन्न गरिएको छ । Covid -19 को कारण विद्यालय व्यवस्थापन समिति र शिक्षक स्टाफको उपस्थितिमा दिप प्रज्ज्वलन तथा सरस्वतीको तस्वीरमा माल्यार्पण गरि मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कालीगण्डकी गापा गाउँ कार्यपालिका सदस्य टीका कुमारी बिक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी बम ब लामिछानेको सभापतित्वमा सम्पन्न भएको हो ।कार्यक्रममा विद्यालयका प्र अ केशर ब छेत्रीले विद्यालयको सङ्क्षिप्त कार्ययोजना र गतिविधि बारे प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी शुभकामना मन्तव्य वडा सदस्य मणिकलाल श्रेष्ठले दिनुभएको थियो । शुभकामना दिने क्रममा कार्यक्रमका सभापति बम ब लामिछानेले Covid 19 को जोखिम न्यूनीकरण भएपछि विद्यालयको नयाँ भवन उद्घाटन गरि भव्य रूपमा मनाइने जानकारी गराउनु भएको थियो । कार्यक्रम शिक्षक लक्ष्मण पराजुलीको स्वागत तथा शिक्षक पशुपति पान्डेयको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार