कालीगण्डकीका मृगौला पीडित धन बहादुर रानालाई आर्थिक सहयोग प्रदान

37
SHARES
306
VIEWS

जिके पाण्डे
माघ- मृगौला पीडित स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ टंलेहवा छाप निवासी धन बहादुर रानालाई आर्थिक सहयोग प्रदान गरिएको छ। दुबै मृगौलाले काम गर्न छोडेको र हाल गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल रुपन्देहीमा उपचाररत रानालाई वैदेशिक रोजगारीमा रहेका हरुले नगद रु १ लाख ६७ हजार ३९२ रुपैयाँ सहयोग प्रदान गरिएको हो।

राना मगरको उपचारका लागि सहज होस भनी वैदेशिक रोजगारीमा रहेका युगेश थापाबाट $100, देवेन्द्र पुनबाट $100, श्री राम अर्यालबाट $50
जगदेव दुरा $400 ,मोहन रानाबाट 400 र देव रानाबाट $ 400 गरि नेपाली १ लाख ,६७ हजार ३९२ प्रदान भएको हो।

प्रदेशमा रहेर पनि बिपतको बेलामा ठूलो धन राशी सहयोग गर्ने दाताहरु प्रती परिवारले आभार व्यक्त गरेको छ। मृगौला पीडित रानालाई गरिमा विकास बैंकमा रहेको खाता नम्बर 0101900969800000001 मा रकम जम्मा गर्न सकिन्छ। वा ९८६७७५००४९ र ९८४७१७१४८३ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार