तिनाउकाे शिखरडाँडामा दुई दिने पुर्व सहकारी शिक्षा तालिम

17
SHARES
141
VIEWS

बिष्णु पाण्डे ,मङ्सिर -५ , जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ६ काे शिखर डाडा र चिदिसका दलित समुदायका नागरिकहरूलाई लक्षित गरि २ दिने पुर्व सहकारी शिक्षा तालिम सञ्चालन भएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष अाेम बहादुर घर्ती मगरले तालिमकाे शुभारम्भ गर्दै अहिले तिनाउ गाउँपालिका करिब २२ वटा सहकारीहरू दर्ता भएको बताउदै ४ वटा प्रदेश स्तरीय,१७ वटा सकृय र १ वटा निष्कृय रहेको बताउनु भयाे । अहिले तिनाउ गाउँपालिकाले सहकारी सञ्चालकहरूकाे लागि गाउँपालिका स्तरीय सहकारी समन्वय समिति गठन,एक घर एक सहकारीकाे अभियान सञ्चालन,सहकारी मार्फत कृषि उपजलाई अनुदानकाे व्यवस्था,सहकारी व्यवस्थापकलाई तालिमकाे व्यवस्था, सहकारी सदस्यहरूलाई सहकारी शिक्षा एवम नमुना सहकारीहरूमा अध्ययन अवलोकन जस्ता कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेकाे बताउनुभयाे । वडा न ६ का नागरिकहरूले सहकारी सञ्चालन गर्ने तयारी गरिरहेकाे समयमा सहकारी सञ्चालन गर्नु भन्दा अगाडि सहकारी सम्बन्धि तालिमकाे वडाका नागरिकहरूले माग गरेकोले गाउँपालिकाले बजेट बिनियाेजन गरि तालिम सञ्चालन गरेको बताउनु भयाे । साथै तालिमले वडाका नागरिकहरूलाई फाइदा विश्वास रहेकाे अध्यक्ष घर्ती मगरले बताउनु भयाे ।

कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष टाेम बहादुर पुनले सहकारी स्थापना गर्न सजिलो भए पनि सञ्चालन गर्न निकै ग्राहाै हुने भएकोले याे तालिम अावश्यक रहेकाे बतमउनुभयाे तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागू गर्न पनि अाग्रह गर्नु भयाे । कार्यक्रममा कार्यक्रममा वडा सदस्य तालिमकाे गाउपालिका सहकारि सञ्जाल अध्यक्ष भुपति पाण्डेले गर्नु भएको थियाे । कार्यक्रम दलित सहकारी संघका अध्यक्ष छवि गहतराजकाे अध्यक्षता र गाउँपालिकाका सहकारी शाखा प्रमुख शिव अात्रेयकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार