गुल्मीमा एकीकृत नमूना वस्तिको परराष्ट मन्त्री ज्ञवाली द्वारा उद्घाटन

13
SHARES
105
VIEWS

चुरामणी तिमिल्सिना मंसिर -१४ गुल्मीको सत्यवति गाउँपालिकाको वडा नम्बर ४ लिम्घामा एकीकृत नमुना बस्ती उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले बस्ती घर प्रवेश द्वारमा रिबन काटेर उद्घाटन गर्नु भएको हो । गत साउन ७ गते अबिरल बर्षाका कारणले १५ घर परिवार बिस्थापित भए पछी प्रदेश सरकाको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा बस्ती निर्माण गरिएको हो । बस्तिमा सबै सेवा सुबिधा उपलब्ध गराइएको पालिकाका अध्यक्ष पारिस्वर ढकालले बताउनु भयो ।

कार्यक्रममा पालिकाकी उपाध्यक्ष सुबर्ण शेरचन, सोहि पालिकाका प्रमुख प्रसासकिय अधिकृत झबिस्वर रेग्मी सबै वडाका जनप्रतिनिधि पत्रकार सुरक्षा निकाय ,महिला समूह , सहयोगी दाताहरु लगायत कार्यक्रममा अतिथी रहनु भएको थियो कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि धुर्ब धितालले आवास कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । यस्तै वडा अध्यक्ष दान बहादुर रानाले हाल सम्म यहाँ उपलब्ध भएको आर्थिक तथा जिन्सी सामग्रीको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तै जोखिम बस्तिहरु पनि लगत्तै अर्को ठाउमा सार्न र बजेटको प्रबन्ध आफुले मिलाउने प्रतिबद्धता गर्नु भयो। कार्यक्रमको सञ्चालन ठग प्रसाद ज्ञवालीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार