तिनाउ नदिमा अर्को पुल निर्माण हुदै ।

30
SHARES
246
VIEWS

तिलोतमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक निमार्णको कामसँगै पुल निमार्णलाई पनि तीव्रता दिएको छ । केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा सो नदीमा ७ वटा पुल बनेका छन् । सोही सिलसिलमा तिनाउ नदीमा फेरि अर्को पुल निर्माणको काम सुरु भएको छ ।
तिलोतमा ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरसँग जोडिने गरी तिनाउ नदीमा पुल निर्माणको काम सुरु भएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुरु भएको हो । २ सय मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलमा साढे ३ मिटर फुटपाथका लागि छुट्टाइएको छ ।
उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आउजाउमा निकै सहज हुने तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताए । पुलको निर्माणको ठेक्का शर्मा–सगुन जेभीले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नैं पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताएका छन् । पुल निर्माणले बुटवल–तिनाउ पारी र तिलोत्तमाका स्थानीय आवत जावतमा सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार