स्याङ्जामा जिप दुर्घटना हुँदा दुईको मृत्यु

190
SHARES
1.6k
VIEWS

माघ -२२
स्याङ्जामा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बिरुवा गाउँपालिका वडा नम्बर -३ धोवादी स्थित भित्री सडक खण्डमा बिरुवा तर्फ जाँदै गरेको ग १ ज ५९३९ नम्बरको जिप सडक देखि करिब ५०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

दुर्घटनामा परि बिरुवा गाउँपालिका वडा नम्बर ३ खाली बस्ने २६ वर्षीय बेल बहादुर थाप र ३२ वर्षका भेष बहादुर थापाको मृत्यु भएको प्रबक्ता अधिकारीले जानकारी दिनु भयो।

दुवै जनाको घटना स्थलमै मृत्यु भएको थियो। मृतकहरु मध्ये बेल बहादुर थापा उक्त जिपका चालक रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार