नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका छिस्दी इकाईद्वारामगर दिवस समारोह सम्पन्न

33
SHARES
279
VIEWS

चुरामणि तिमिल्सिना
फागुन -१६
नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका वडा नम्बर १ छिस्दि इकाई समितीले पनि ४० औ मगर दिवस समारोह विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । कालिका नवक्षितिज युवा कलब ,राम कृष्ण आमा समूह र लाङघालि पन्चे बाजा समुहको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । समारोहमा कालीगण्डकी गाउँपालिका वडा न १ वडा अध्यक्ष सोभिलाल चौतारेको प्रमुख आथित्यता रहेको थियो। यस्तै कार्यक्रममा मगर संघ स्याङ्जाका सल्लाहकार बम बहादुर लामि छाने कृष्ण बहादुर लामीछाने , गाउँपालिका मगर संघका अध्यक्ष दर्शन राना, सचिब डम्बर राना , भाषा संरक्षक खडक झेडी , समारोहमा विशिष्ट अतिथी रहनु भएको थियो ।

नर्मदा थापाको स्वागत मन्तव्य रहेको समारोहमा मगर सस्कृती झलक पोसाक सहित परिक्रमा संगै मगर खानाको समेत प्रदर्शनी गरिएको थियो । कार्यक्रमको अध्यक्षता कबलका अध्यक्ष तथा मगरसंघ छिस्दि यकाइ समिती सम्योजक मोतिलाल घर्तिमगरको रहेको थियो सन्चालन सचिब अन्क बहादुर घर्ती मगरले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार