मीन थापा मगर
स्याङ्जा – चैत २ ।
नव निर्मिरे युवा क्लब मिर्मीले प्रथम कालीगण्डकी कप २०७८ खुल्ला पुरूष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
सबैका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ फागुन २५ गते देखि सुरु भएको प्रतियोगिता ३० फागुनमा समापन भएको थियोे । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियोे।
फागुन २६ गते गाउँपालिका अध्यक्ष खिम बहादुर थापाको प्रमुख आतिथ्यमा समुद्घाटन भएको खेल ३० फागुनमा गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लको प्रमुख आतिथ्य तथा कालीगण्डकी स्याङ्जाका अध्यक्ष थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।
साथै कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कालीगण्डकी गाउँपालिका उपप्रमुख साबित्रा कोइराला , कालीगण्डकी एमाले अध्यक्ष कृष्ण लामिछाने तथा बिभिन्न राजनीतिक दलका प्रतिनिधि र चन्दादाताहरू रहेका थिए ।
प्रतियोगितामा कारिकोट स्पोर्ट्स क्लब – `क´ ले प्रथम, इलुङ्गा दोस्रो , तल्लो गल्याङले तेस्रो तथा कारिकोट स्पोर्ट्स क्लब – `ख´ले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
बिजेता टिम तथा खेलाडीहरूलाई नगद , शिल्ड र मेडलले सम्मान गरिएको थियोे । प्रथम , दिप्तिय , तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले नगद रु १,५५,०००/- , ७५,०००/- , ५०,०००/- र १५०००/- रुपैयाँ तथा शिल्ड र मेडल प्राप्त गरेका थिए ।
साथै बेष्ट ल्पेयर , स्पाइकर , सेटर , ब्लकर , डिफेन्डर र सर्भरलाई पनि क्रमश रु ५०००/- र २०००/- तथा ट्र्फी र प्रमाण पत्र प्रदान गरिएको थियोे ।
समापन खेल महोत्सवमा सम्बोधन गर्ने क्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले स्वास्थ्य र शिक्षामा जस्तै खेल क्षेत्रमा गरिने लगानी र भौतिक पुर्वाधारको विकासले अनुशासित तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त युवा खेलाडीहरूको उदय हुने हुँदा कालीगण्डकीले यस क्षेत्रलाई केन्द्रमा राखेको र खेल क्षेत्रका पुर्वाधार विकासका लागि बजेट विनियोजन गरेको बताएका थिए । यसका लागि थापाले स्थानीय तह र प्रदेश सरकार मिलेर अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।
त्यस्तै गरी सांसद भागवत प्रकाश मल्लले पनि कालीगण्डकीको विकासका लागि आफु निरन्तर लागेको र हरेक क्षेत्रको समातामूलक विकासका लागि समभाव तरिकाले विकास गर्न आफु प्रतिवद्ध भएको बताएका थिए ।
समापन कार्यक्रमको आकर्षणको रूपमा लोकप्रिय गायक एबम् हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ र लोकगायक खुमन अधिकारीको बेजोड प्रस्तुतिमा दर्शक रमेका थिए ।
मिर्मी आधारभूत विद्यालयका विद्यार्थीहरूको प्रस्तुति पनि उद्वघाटन तथा समापन कार्यक्रमको थप आकर्षण रहेको थियोे।
समापन कार्यक्रम क्लबका अध्यक्ष छविकिरण भटराईको अध्यक्षता तथा गौरव पाण्डेयको उद्घोषण र नारायण भट्टराईको स्वागतमा सम्पन्न भएको थियोे ।
Discussion about this post