चैत -७
स्याङ्जामा अवैध काठ सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारीका अनुसार पक्राउ पर्नेमा विरुवा गाउँपालिका वडा नम्बर ४ पाटनेका खुम बहादुर , हस्त बहादुर, लक्ष्मी नेपाली र ट्याक्टर चालक अमिरदिन मिया रहेका छन् । बिरुवा गाउँपालिका वडा नम्बर ४ पाटनेमा लुकाइ छिपाइ राखेको अवस्थामा चिरान काठ ४० पिस र २० पिस सालको गोलिया फेला परेको थियो।
पक्राउ परेका चारै जनालाई डिभिजन बन कार्यलय बाड खोलामा बुझाएइको प्रहरीले जनाएको छ।
Discussion about this post