नव शिशिर युवा क्लब सत्यवतीद्वारा नवौ वार्षिकोत्सब समारोह सम्पन्न

36
SHARES
303
VIEWS

चुरामणि तिमिल्सिना
चैत -८
नव शिशिर युवा क्लव सत्यवति गाउँपालिका वडा न १ अस्लेवाले चार दिने कार्यक्रमको आयोजना गरि कलबको नवौ वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष खिमानन्द पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारीस्वर ढकालको प्रमुख आथीत्यता रहेको थियो।

समारोहमा प्रमुख अतिथी अध्यक्ष ढकालले ग्रामीण तहबाट नै खेलकुदका क्षेत्रबाट राष्ट्रलाई चाहिने खेलाडीहरु उत्पादन हुने भएकाले हरेक खुलकुद स्थानिय तहमा खेल्नको लागि प्रत्येक टोलमा खेल मैदान , कभडहल बनाउदै आफ्नो टिम लागी परेको बताउनु भयो ।

उहाँले खेल मनोरञ्जन मात्र नभइ शरीर स्वस्थ र फुर्तिलो समेत हुने हुँदा युवाहरु लाई खेल जगतमा पालिकाले सबै प्रकारको सहयोग उपलव्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो ।

कार्यक्रममा पालिका सामाजिक बिकास समितिका संयोजक तथा वडा न १ का वडा अध्यक्ष भिम लाल पाण्डे , वडा न ३ का वडा अध्यक्ष रुक बहादुर रान , पुर्व जिल्ला बिकास समिति गुल्मीका सदस्य टिकाराम पाण्डे, समाजसेबि चिन्ता मणि पाण्डे , अर्जुन कनौजे, इस्वरी पाण्डे , महासर्मा पाण्डे , गुण देव कुवर विशिष्ट अतिथी रहनु भएको थियो । समापन सत्रमा पन्चे बाजा समेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगितामा १७ टिमलाई उछिन्दै नव प्रतिभा प्रतिस्थापन सिङ्दी प्रथम लसर्घा बेसि स्याङ्जा ,द्वितीय संगम युवा समूह सत्यवति तृतीय र आयोजक समुह सान्त्वना भएका हुन ।

बिजयी टोलिलाई नगद पुरस्कर , प्रमाणपत्र ट्रफी मेडल प्रदान गरिएको थियो। कार्यक्रममा स्वागत क्लबका सचीव शंकर कुँवरले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार