श्री नव जनजागरण युवा क्लबद्वारा भलिबल प्रतियोगिता सम्पन्न

75
SHARES
622
VIEWS

चैत -८
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ भुष्टुङमा अवस्थित श्री नव जनजागरण युवा क्लबले भलिबल प्रतियोगिता भब्यताकासाथ सम्पन्न गरेको छ। बिर्घा स्थित खेल मैदानमा चैत १ बाट सुरु भएको प्रतियोगितामा महिला र पुरुष तर्फ गरि जम्मा ३७ वटा समूहले सहभागी जनाएका थिए।

प्रतियोगितामा महिला तर्फ प्रथम जन्मभूमि जनकल्याण कालीगण्डकीले प्रथम, आयोजक द्वितीय र प्रगति मैदान कालीगण्डकी ६ को समूहले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यस्तै गरि पुरुषतर्फ फ्रेन्डस क्लब कालीगण्डकी घुरडाँडा प्रथम , सुर्य ज्योति क्लब कालीगण्डकी ४ द्वितीय र आयोजकले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रथम पुरस्कार महिला तर्फ रु १५,०००,ट्रफि र प्रमाणपत्र ,द्वितीय पुरस्कार नगद रु १०,००० ट्रफी र प्रमाणपत्र र तृतीय पुरस्कार रु ५,००० ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरुष तर्फ प्रथम पुरस्कार नगद रु ५५,००० ट्रफि र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु २५,००० ट्रफी र प्रमाणपत्र र तृतीय पुरस्कार नगद रु १५,००० ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो। आज भएको फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा
नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाको प्रमुख आतिथ्य रहेको थियो भने समापन समारोहमा जनजागरण क्लबका संस्थापक अध्यक्ष शेर बहादुर थापाको सभापतित्व रहेको थियो। कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष जि.के. पाण्डेयले गर्नुभएको थियो। खेल प्राङ्गणबाट कालीगण्डकी पोष्टका सहक्रमी केशब पाण्डेले लाइभमा साथ दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार