पाल्पामा कोरोना संक्रमण बाट ३० वर्षिय महिलाको मृत्यु

99
SHARES
116
VIEWS

पाल्पाको लुम्विनी मेडिकल कलेजमा उपचाररत कारोना संक्रमित विरामीकाे मृत्यू भएको छ । तानसेन ८ मदनपोखरा निवासी ३० वर्षिय महिलाको गत भदौ ७ गते कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेको आइसोलेशन सेन्टरमा उपचार गराइरहेको थियो । उहाँकाे मुटु सम्बन्धि समस्या रहेकाे र काेराेनाकाे लक्षण समेत देखिएकाले उपचारकाे क्रममा कलेजले स्वाव संकलन गरेकाे थियाे । उहाँलाइ उपचार गरिरहेकाे काेराेना भन्दा बढी मुटुकाे समस्याले गर्दा आज भेन्टिलेटरमा राखेर उपचार गरिरहेकाे र साँझ निधन भएकाे अस्पतालका काेभिड फाेकल पर्सन डा ममता काेइरालाले जानकारी दिनुभयाे । उहाँकाे निधन पछि सब व्यवस्थापनकाे लागि जिल्ला सिसिएमसी सँग समन्वय भएकाे उहाँले जानकारी दिनुभयाे । यस अघि काेराेनाकाे कारण पाल्पा पूर्वखाेलाका एक पुरुषकाे निधन भएकाे थियाे । पाल्पामा अहिले सम्म कुल ५ सय ७३ जनालाइ काेराेना पाेजेटिभ देखिएकाेमा ५ सय ६१ जना निकाे भएर घर फर्किएका छन भने १० जनाले उपचार गरिरहेकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार