अब सरकारले २ दिन सार्वजनिक बिदा दिने

31
SHARES
255
VIEWS

काठमाडौँ : सरकारी खर्च कटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने ती मन्त्रीले जानकारी दिए।

सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन।

आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रीपरिषद्ले कार्यान्वयन गरेको हो।(उकेरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार