पाल्पामा जिप दुर्घटना हुँदा स्याङ्जाका १ सहित ४ जना घाइते

330
SHARES
2.8k
VIEWS

चैत -२७
पाल्पामा जिप दुर्घटना हुँदा स्याङ्जाका १ जना सहित ४ जना घाइते छन् । आज बेलुका रामपुर नगरपालिका वडा नम्बर २ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमामा नवलपरासी तर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको छ।

दुर्घटनामा परि घाइते हुनेहरुमा रामपुर नगरपालिका वडा नम्बर -१ स्याउली बस्ने सन्जु श्रेष्ठ , सोही स्थानका मनोज सिग्देल , सुर्य श्रेष्ठ र वालिङ नगरपालिका वडा नम्बर ६ लालुपाते टोलका मनोज क्षेत्री रहेका छन् । घाइतेहरु मध्ये जिप चालक सन्जु श्रेष्ठको अवस्था गम्भीर रहेको कारण थप उपचारका लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार