पाल्पाका सबै पालिकामा गठबन्धनको उत्साहजनक उम्मेदवारी दर्ता

28
SHARES
237
VIEWS

पाल्पा, वैशाख
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । जिल्लाको १० स्थानीय तहमध्ये ६ काँग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।

तानसेन नगरपालिका
पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । नेपाली काङ्ग्रेस पाल्पाको पाटी कार्यालयबाट र्याली शुरू गरि तानसेन नगरपालिकाको मेयर पदका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ र उपमेयरमा नेकपा माओबादी केन्द्रकि प्रतिक्षा सिङ्जालीले मनोनयन दर्ता गर्नु भएको छ ।
वडा अध्यक्षहरूमा वडा न १ मा सुनिल कुमार बस्याल, वडा न २ मा महेश्वर श्रेष्ठ, वडा न ३ मा बाबुरत्न शाक्य, वडा न ४ मा हेमन्त राज शाक्य, वडा न ५ मा राम बहादुर रावल, वडा न ६ मा सागर मान महर्जन, वडा न ७ मा प्रदिप खनाल, वडा न ८ मा मोहन कार्की, वडा न ९ मा मीन प्रसाद बन्जाडे, वडा न १० मा सुरेश बोहोरा, वडा न ११ मा यादब सिं कार्की, वडा न १२ मा मेजर सिं केसी, वडा न १३ मा टुक प्रसाद भट्टराई र वडा न १४ मा दधिराम न्यौपानेले मनोनयन दर्ता गर्नु भएको तानसेन नगरकमिटिका सभापति सुवर्ण मुनि शाक्यले बताए ।

रामपुर नगरपालिका
रामपुर नगरपालिकामा नेपाली कांग्रेसले उत्साहका साथ मनोनयन दर्ता गरेको छ । कांग्रेसले पञ्चे बाजा र ¥याली सहित उम्मेदवारी दर्ता गराएको हो । मनोनयन दर्ताको लागि नेता, कार्यकर्ता तथा शुभेच्छुक हजारौंको सहभागीता रहेको थियो ।
कांग्रेसको तर्फ बाट नगर प्रमुख रमण बहादुर थापा, उप–प्रमुखमा बालकुमारी थापाको मनोनयन दर्ता गराएको हो । वडा अध्यक्षमा कांग्रेस बाट वडा नं. १ को वडामा कपिल बहादुर खाँण, वडा नं. २ मा कृष्ण बहादुर दर्जी, वडा नं. ३ मा उमनाथ अर्याल, वडा नं. २ मा राम बहादुर राना, वडा नं.५ मा दुर्गा प्रसाद पोखरेल, वडा नं. ६ मा दिवाकर देवकोटा, वडा नं. ७ मा दोवराज तिवारी, वडा नं. ८ मा मोहन श्रेष्ठ, वडा नं. ९ मा डिल बहादुर राना र वडा नं. १० मा विजय रानाले मनोनयन दर्ता गराएको छ ।

माथागढी गाउँपालिकाः गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सन्तोष कुमार थापाले अध्यक्ष र उपाध्यक्षमा विजया भट्टराईले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी वडा नं १ को वडा अध्यक्षमा महेन्द्र जि.सी वडा नं २ को अध्यक्षमा जनक रिजेल, वडा नं ३ को अध्यक्षमा दिपक थापा, वडा नंं. ४ को अध्यक्षमा मधु पराजुली, वडा नं. ५ को अध्यक्षमा गणेशजङ गाहा, वडा नं. ६ को अध्यक्षमा युब बहादुर ठाडा, वडा नं. ७ को अध्यक्षमा जगबहादुर दर्लामी र वडा नं. ८ को अध्यक्षमा दिलबहादुर ढेगाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न आउने कार्यकर्ताहरुले बाजागाजा सहित उम्मेदवारहरुलाई निर्वाचन कार्यालय पु¥याएका थिए ।

रैनादेवी छहरा गाउँपालिकाः गठबन्धन दलले उत्साहजन रुपमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराईले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै वडा नं. १ को अध्यक्षमा सोम बहादुर दर्लामी , २ को अध्यक्षमा दान बहादुर पौडेल ,३ को अध्यक्षमा प्रदिप पौडेल ४ को अध्यक्षमा लक्ष्मण रायमाझी, ५ को अध्यक्षमा हुमान सिंह कार्की ६ को अध्यक्षमा डोम बहादुर घर्ती ,७ को अध्यक्षमा देबेन्द्र पुन र वडा नं. ८ को अध्यक्षमा थमन बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छ्न । उम्मेदवारी दर्ता गराएका मध्ये वडा नंबर १ र ३ मा माओवादी केन्द्रका उम्मेदवार हुन ।
यस्तै रम्भा गाउँपालिकाः नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष पदमा बिष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनमा आवद्ध दलका तर्फबाट गाउँपालिका अध्यक्षमा भने नेकपा समाजवादीका उम्म्ेदवार दुर्गा प्रसाद अधिकारीले मनोनयन दर्ता गरे । यहाँ वडा नं. १ को वडा अध्यक्षमा इश्वर काफ्ले, वडा नं. २ को वडा अध्यक्षमा रमेश पछाई, वडा नं. ३ को वडा अध्यक्षमा थम्मनबहादुर गाहा, वडा नं. ४ को वडा अध्यक्षमा चेत नारायणश्रेष्ठ र वडा नं. ५ को वडा अध्यक्षमा बिष्णु बहादुर काम्मु थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

बगनाशकाली गाउँपालिकाः आसन्न स्थानीय तह निर्वाचनको लागि सत्ता गठबन्धनबाट गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसबाट सुनिता अधिकारीले उमेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी उपाध्यक्षमा एकिकृत समाजवादीबाट कमल पाण्डेले उमेदवारी दर्ता गराउनुभएको छ ।

आज भएको उमेदवारी दर्तामा बगनासकाली वडा नं. १ चिर्तुङधाराको लागि वडा अध्यक्षमा नेपाली काँग्रेसबाट शेर बहादुर चिदी सदस्यहरुमा मान बहादुर सोमै र सुरेन्द्र थापा, महिला सदस्यमा विष्णु चिदी र दलित महिला सदस्यमा राधा शार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार