सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदारी: पोखरेल

27
SHARES
228
VIEWS

पाल्पा, वैशाख १४÷ रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओम प्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।

भौतिक पुर्वाधारको विकाससँगै देउरालीका प्रत्येक ब्यक्तिलाई शिक्षा र स्वास्थ्यको सहज पहुँच,देउरालीलाई कृषि र पशुपालनको हब बनाई स्थानीयलाई आत्मनिर्भर बनाउने र सिप प्रवद्र्धन गरी गाउँमै रोजगार सिर्जना गरी देउरालीका नागरिक खुसी नागरिक बनाउने आफ्नो योजना रहेको पोखरेलले बताए ।

विद्यार्थीकालदेखी राजनीतिमा होमिएका पोखरेल सरल,बौद्धिक र विकासप्रेमी स्वभावका कारण स्थानीयका बिचमा निकै लोकप्रिय मानिन्छन् । पोखरेल विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध भई सामाजिक काम गर्दै आएका छन् । कठिन परिस्थितिको डटेर सामना गर्न सक्ने साहसी नेतृत्वदायी क्षमता भएका पोखरेल समाजमा मौलाएको भ्रष्टचारको अन्त्य गर्ने समेत बताए ।

वि.स. २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका पोखरेल वि. स. २०५४ को छहरा गाविसको उपाध्यक्षको उम्मेदवार समेत भएका थिए । पाल्पा काठमाडौं सम्पर्क समितिको कोषाध्यक्ष समेत रहेका उनी नेपाली काँग्रेस पाल्पाका पूर्व जिल्ला सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार