सुमन ढकालः गुल्मी,१५।
रुरुक्षेत्र गाउँपालिका एमालेले अध्यक्ष पदमा युवा नेता हिमाल श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका इन्चार्ज समेत हुन् हिमाल श्रेष्ठ।रुरुक्षेत्र गाउँपालिका भित्र एमालेमा रहेर बिशेष कार्य गर्दै आएका श्रेष्ठले कोरोना महामारी हुदा पनि जनताका लागी गास बास कपास लिएर घर दैलोमा पुर्याउन निकै पहल गरेका थिए ।जनताको मर्म बुजी दुख पाएकालाई साथ सहित आउने प्रतिबद्दता जनाएका छन्।हिजोका दिनमा भन्दा फरक दृष्टिकोडबाट सवैको मनको छाहारी बनेर फर्कने जानकारी दिए।
मेरो उम्मेदवारी “समृद्द रुरु सुखी जनता” को लागी रहेको धोषणा गरेका छन्। पालिका भित्रका जनताका समृद्धि नै मेरो महत्वपुर्ण काम रहेको श्रेष्ठ बताउछन्।
माओवादीका यदु ज्ञवाली र श्रेष्ठ विच अध्यक्षमा भिडन्त हुने भएका हो।
Discussion about this post