रुरुमा एक दिने वित्तीय साक्षरता एवम् अभिभावक गोष्ठी सम्पन्न

38
SHARES
320
VIEWS

चुरामणि तिमिल्सिना,वैशाख -१६गुल्मीको रुरुक्षेत्र गाउँलालिका वडा नम्बर १ रिडीमा एक दिने समूह अध्यक्ष अभिभावक गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

उन्नति सहकार्य लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय रिडीको आयोजनामा कार्यक्रम गरिएको हो ।

बसपार्क उन्नति समुहकी अध्यक्ष धना रानाको अध्यक्षता रहेको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष रामलाल वि. क. को प्रमुख आथित्यता रहेको थियो । अनुगमन कर्ता अधिकृत दिपेन्द्र यादव ,चेतनशील महिला समुहकी अध्यक्ष लक्ष्मी ज्ञवाली , घोरबन्दा समुह पाल्पाका शाखा प्रमुख जय राम अधिकारी , यस्तै लेखनाथ ज्ञवाली , कार्यक्रममा विशिष्ट अतिथी रहनु भएको थियो। यस्तै गोष्ठीमा पत्रकार ,बौद्धिक बर्ग शिक्षा प्रेमीहरुको सहभागी रहेको थियो।

कार्यक्रममा रिडी शाखाका प्रमुख रिता नेपालले उन्नति सहकार्य लघुबित्त बितीय संस्थाले गरेका कामको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै हाल विभिन्न क्षेत्रमा गरेका सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कार्यकोचर्चा परिचर्चा
गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा प्रमुख अतिथी निवर्तमान वडा अध्यक्ष बिकले साना बिपन्न बर्ग हरुलाई जीवन
स्तर उकास्न ठूलो मद्दत गरेकोले बैंक तथा बित्तिय संस्थाहरुले कर्जा प्रदान गर्दा पारिवारिक वातावरण अध्ययन गरी कर्जा प्रदान गर्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी अधिकृत यादवले कोभिडमा संस्थाको ठूलो राहत , सुत्केरी सेवा रकम जनचेतनामूलक कार्यक्रम , काज-क्रिया सहयोग कार्यक्रम लगायका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन भएको बताउदै आगामी दिनमा समुहमा विभिन्न सीप मुलक तालिम सन्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट बचत उत्कृष्ट उद्यमी ,उत्कृष्ट ४ समूह समेत सम्मान गरिएको थियो भने सन्चालन शाखाका कर्मचारी दिपक बहादुर बुढाले गर्नु भयको थियो । कार्यक्रमको ब्यबस्थापन पार्वती गौतम र रोशनि शाहीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार