म जनताको सुख दुखमा साथ दिन चाहान्छु – यादव सुन्दर पाण्डे

27
SHARES
226
VIEWS

वैशाख -२७

कालीगण्डकी गाउँपालिकाका वडा नम्बर ४ का उमेदवार यादव सुन्दर पाण्डेले जनताको सुख दुखमा साथ दिएर काम गर्ने बताएका छन् । आफू स्थानीय जनतासंग प्रत्यक्ष रुपमा यस भन्दा अगाडि देखि निरन्तर गाउँवासी हरुमाझ काम गर्दै आएको जानकारी दिनु भयो। वडा वासीहरुको दैनिक समस्याहरुसंग आफू परिचीत भएकोले आफुले यो पटक वडा अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा वडावासीहरुको समस्यालाई प्राथमिकता दिने बताउनु भयो।

विशेष गरि आफू निर्वाचित भएको खण्डमा आफुले स्थानीय खानीपानी , बृद्धबृद्धाअवस्थाहरुको समस्याहरुको सम्बोधन गर्ने , वाढीपहिरोबाट पीडितहरुलाई सहयोग गर्ने लगायतका योजनाका साथ अगाडि बढेको बताउनुभयो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का यादव सुन्दर पाण्डे वडामा मात्र नभई पालिकामै लोकप्रिय मानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार