वैशाख -२७
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा १७ हजार ९३८ जना मतदाताले मतदान गर्ने भएका छन् । स्याङ्जाको जिल्लाको केन्द्रबाट सुदुर पश्चिममा अवस्थित कालीगण्डकी गाउँपालिकामा २५ वटा मतदान केन्द्र र १६ वटा निर्वाचन स्थल तोकिएको कालीगण्डकी गाउँपालिकाका निर्वाचन अधिकृत राम प्रसाद अधिकारीले जानकारी दिनु भयो। अधिकारीले निर्वाचनलाई मर्यादित बनाउन यो पटक ३ तहको सुरक्षा निति अवलम्बन गरिएको बताउनुभयो । पहिलो तहमा नेपाला प्रहरी , दोस्रो तहामा सशस्त्र प्रहरी र तेस्रो तहमा नेपाली सेनालाई सुरक्षार्थ तैनाथ गरिने समेत अधिकृत अधिकारीले जानकारी दिनु भयो।मतदाताहरुलाई निर्धक्क भएर मतदान केन्द्रमा गएर आफुले चाहेको उम्मेदवारलाई मतदान दिने वातावरण सिर्जना गर्न कुनै कसर बाकी नराख्ने समेत बताउनु भयो। सुरक्षाको दृष्टिकोणले कालीगण्डकी गाउँपालिका मध्यम मानिएको छ। यो पटक कालीगण्डकी गाउँपालिकामा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन र नेकपा एमाले विचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।
Discussion about this post