त्रिविको विदामा अन्योलः सातामा एक दिन मात्र विदा

52
SHARES
435
VIEWS

काठमाडौं । सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ ।

तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले बताए । उनले भने, “निर्वाचन अघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुन्छ ।”

पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढि रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने र कम पनि कटौती हुने सरकारी विश्वास छ ।

दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुले र बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार