बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेको अग्रता कायमै

54
SHARES
448
VIEWS

बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई कायम राख्दै मतान्तर पनि बढाउँदै लगेका छन् । मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार बावुराम भट्टराईलाई पाण्डेले १८१४ मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेको ५५५५ मत आउँदा भट्टराईले ३७४१ मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनको मत १४०५ रहेको छ ।

बुटवलको उपमेयरमा भने एमालेकी सावित्रा अर्यालले मतान्तर बढाउँदै अग्रता लिएकी छन् । अर्यालको ४२५७ मत हुँदा गठबन्धनबाट एकीकृत समाजवादीका चिनबहादुर गुरुङको ३१४० मत आएको छ । राप्रपाकी भगवती पाण्डेले १८०५ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार