सहिद तथा द्वन्द्वपीडित परिवारका छोरछोरीहरुलाई विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।
इच्छुक आवेदकले आयोगको निर्देशिकाको अनुसूचि १ अनुसारको ढँचामा निवेदन फारम भरी अध्ययनरत क्याम्पस, विभागमा असार १४ गतेभित्र पेश गरिसक्नु पर्ने आयोगद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।
नेपालमा लोकतन्त्रका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सस्त्र द्वन्द्वका समयमा मृत्यु भएका व्याक्तिका आश्रित छोरछोरी र द्वन्द्वकै कारणले अपाङ्ग भई शारीरिक रुपले कुनै काम काज गर्न नसक्ने अशक्त र द्वन्द्वरत पक्षले नियन्त्रणमा लिई हालसम्म पत्ता नलागेका (बेपत्ता) व्याक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।
साथै आयोगले अपाङ्ग भएका, दलित, आर्थिक रुपले विपन्न, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीहरुलाई उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
Discussion about this post