जेठ – २७
पाल्पामा जबरजस्ती करणीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नम्बर १२ का २६ वर्षीय राजु विक रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनु भयो। प्रहरी नायव उपरीक्षक थापाका अनुसार आरोपित विकले तानसेन नगरपालिका वस्ने १८ वर्षीया महिलालाई २६ गते बेलुका ८:१५ बजे जबरजस्ती करणीको प्रयास गरेका थिए। विकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ। पाल्पामा आत्महत्या र जबरजस्ती करणीका घटना पछिल्लो समयमा बढ्दै गएको तथ्यांकले देखाएको छ ।
Discussion about this post