पाल्पा । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको रानीमहल क्षेत्रमा र्याफ्टिङ गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ। डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार साझ पौने ७ बजे डुबेका हुन् ।
डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वको टोलिले उद्धार गरेको बताए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन्।
उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्की द्वारा जानकारी आएको हो। अहिले सबैको अवस्था,मध्यम रहेको छ । याफ्टिङ गर्नेहरू एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।
Discussion about this post