पाल्पाको अर्गलीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ। लायन्स कलब पाल्पाको आयोजना कार्यक्रम गरिएको हो । जिल्लामा दुई जनलाई सम्मान गरेको लायन्स क्लब पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले जानकारी गराउनु भयो । सम्माननित कार्यक्रममा पाल्पा तानसेन नगर पालिका वडा ९ दमकडा निवासी प्रेम नाथ बश्याल र वडा न १४ का शिक्षा , सहकारी, धार्मिक , सिंचाइ , तथा बिकास तथा समाज सेबि दुर्गा दत्त रेग्मी लाई सम्मान पत्र दोसल्ला तथा विविध जिन्सी सामग्री सहित सम्मान गरिएको हो ।कलबका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ सुपरिवेक्षक तथा पुर्व अध्यक्ष बुद्दी प्रसाद शर्मा वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई पुर्व अध्यक्ष पर्सुराम भट्टराई निबर्तमान अध्यक्ष कमल राना निबर्तमान वडा सदस्य सदस्य बिष्णु रेग्मी वडा सदस्य जिल्ला समन्वय समिती पाल्पाकी सदस्य तथा वडा सदस्य बसन्ता ज्ञवाली केदार पाण्डे राधिका थापा डिपुटी चिफ मदु दयाल सैजु , लायन्सका पुर्व पधाधिकारीहरु राजनैतिक दलका प्रतिनिधिहरु वडा सम्योजकहरु महिला समुहका प्रमुख हरु लगायतको आथित्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले समाज मा रहेर निस्वार्थ भावनाका साथ समाज सेबि तथा विभिन्न क्षेत्रमा लामो समय देखि योगदान पुर्याउनु भएका ब्यक्ति हरलाई लायन्सले यसरि सम्मान कार्यक्रमको आयोजना गर्ने गरेको बताउदै आगमी दिन्मा यस्तै कार्यक्रम मात्र नभइ अन्य कार्यक्रमहरु पनि अर्गलीमा कलबले गर्ने प्रतिबद्धताका यश भेगमा पनि लायन्स कलबको स्थापना गर्न सबैलाई आग्रह गर्नु भयो ।
समारोहमा संमान पछी बोल्दै दुर्गा दत्त रेग्मीले आफुले समाजमा गरेको योग्दानको मुल्यांकन गर्दै लायन्सले जिल्लामा आफुलाइ सम्मान गरेकोमा सस्था लाई आभार प्रकट गर्दै अझ समाज सेवा गर्ने उत्प्रेणा मिलेको बताउदै सेवा गर्दा घाम पानी डर त्रास लोभ मोहमा नफसी गर्न सबै लाई आग्रह गर्नु भयो ।



















Discussion about this post