काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या २२८ पुग्याे

52
SHARES
159
VIEWS

पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण सात जनाकाे ज्यान गएकाे पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा बालिका र महिला गरी तीन तथा चार जना पुरुषकाे ज्यान गएकाे हाे ।
काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेमा महाेत्तरीकी चार वर्षीया बालिका, गाेरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै झापाका ८६ वर्षीय पुरुष, राैतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धकाे काेराेना सङ्क्रमणबाट ज्यान गएकाे हाे ।

साेमबार थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय २८ पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार