जलविद्युत केन्द्रको ड्याम हुँदै हलुका सवारीलाई बिहान ६ देखि बेलुका ६ बजे सम्म आवतजावतका लागि खुला

12
SHARES
104
VIEWS

मिन थापा मगर

मिर्मी – १७ असोज २०८३ , अवरुद्व स्याङ्जा–गुल्मी सडकमा हलुका सवारी साधनलाई ड्याम हुँदै आवतजावतका लागि खुला गरिने सहमती जुटेको छ । एम्बुलेन्स सेवाका लागि भने चौबिसै घण्टा खुल्ला रहनेछ ।

गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीबाट कालीगण्डकी नदीमा निर्मित कालीगण्डकी जलबिधुत ड्याम साइड स्थित मिर्मी र हर्मिचौर जोड्ने मोटरेबल पुल बगाएको थियोे ।

बाढीले पुल बगाए पछि गुल्मी र स्याङ्जा बीच संपर्क टुटेको थियोे। वि.स. २०५३ मा जलबिधुत परियोजनाले आफ्नो प्रयोजनका लागि निर्मित पुल गत असोज ११ गते नदीमा आएको बाढीले बगाएको थियोे ।

कालीगण्डकी जलविद्युत् केन्द्र प्रमुख आदरणीय व्यक्तित्व आत्मेस पौडेलज्यूको संयोजकत्वमा मिर्मी स्थित केन्द्रको कार्यालयमा बसेको बृहत् बैठकले स्याङ्जा–गुल्मीबीचको सवारी आवागमनलाई तत्काल सहज बनाउने देखि दीर्घकालीन सडक समाधान खोज्नेसम्मका महत्वपूर्ण निर्णय गरेको थियोे ।

बैठकमा कालीगण्डकी गाउँपालिका, गुल्मीका प्रमुख वेद मगर, कालीगण्डकी गाउँपालिका, स्याङ्जाकी का.वा. प्रमुख साबित्रा कोइराला, गुल्मी जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख किरण जोशी, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख कीर्तनराज पौडेल, नेपाली सेना तथा नेपाल प्रहरीका प्रतिनिधिको उपस्थिति रहेको थियोे ।

बैठकमा छिमेकी गाउँपालिकाका वडा अध्यक्षहरू, प्राविधिक इन्जिनियर, राजनीतिक दलका प्रतिनिधि,
बजार व्यवस्थापन, क्याम्पस तथा विद्यालयका सरोकारवाला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै हालको अवस्थामा हलुका सवारी साधन आवतजावतका लागि सहमति भएको हो ।

हलुका सवारी साधनहरू बिहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्र जलबिधुत ड्यामबाट आवतजावत गर्न सक्नेछन् । यद्यपि मालबाहक सामान तथा मालसामान ढुवानीका लागि वैकल्पिक बाटोको व्यवस्था गरिने भएको छ ।

नागरिकको दैनिक आवतजावत, चाडपर्वमा गाउँघर आउने–जाने तथा आवश्यक सामग्रीको ढुवानीमा भने सहजिकरण गरिने भएको छ । एम्बुलेन्स सेवालाई भने चौबिसै घण्टा बाटो खुल्ला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार