कार्तिक -१९ , स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा इन्डक्सन चुलो निशुल्क वितरण गरिएको छ। आज एक कार्यक्रमको आयोजना गरि चालीस घरधुरीलाई इन्डक्सन चुलो वितरण गरिएको हो। कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित दलित समुदायकोमात्र वस्ती रहेको यो वस्तीलाई हाल सुन्दर वस्ती नामाकरण गरिएको छ। सुन्दर वस्ती बनाउन बुधबार छ वटा घरलाइ जस्तापाता निशुल्क वितरण गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोभिला चौतारेले जानकारी दिनुभयो । हाल यो वस्तिमा छ घर धुरी मात्रै खरको छानाको रहेको छ। वस्ती प्रवेश गर्नका लागि प्रवेश द्वारको निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत चौतारेले जानकारी दिनुभयो। वस्ती थप आकर्षक बनाउन सात वटा सोलार बत्ती समेत जडान गरिएको छ।





















Discussion about this post