कार्तिक -२७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा यो वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ। कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै गाउँपालिकाको वडा नम्बर ३ ले सूचनानै जारी गरि यो वर्ष देउसी भैलो लगायतका पटका पड्काउने कार्य , खेलकुदका कार्यक्रम आयोजना गर्न तथा भिडभाड नगर्न नगराउन आग्रह गरेको छ। चाडपर्व मनाउदा आफू जहाँ छ त्यही मनाउने र पर्वलाइ घरपरिवारका सदस्यका बिच सिमित राख्न समेत जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ३ ले २६ गते बसेको वडा समिति र क्लबको संयुक्त बैठकले सो निर्णय गरेको वडा सचिब दिलिप बिश्वकर्माले जनाउनु भयो।
कोरोना संक्रमणका कारण यो वर्ष देउसी भैलो खेल्न निषेध गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। हाल कालीगण्डकी गाउँपालिकाको प्रशासनिक सेवा साविक बिर्घाको कट्टीबाट सरेर गहलाममा अवस्थित अस्थायी भवनबाट प्रदान गरिरहेको समेत सूचना अधिकारी पाण्डेले बताउनु भयो। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जाका गाउँपालिका नगरपालिकाले देउसी भैलो खेल्न निषेध गर्दै यश अघिनै सूचना जारी गरि सकेका छन् ।



















Discussion about this post