चुरामणी तिमिल्सिना
पाल्पा ( पुस-२६ )पाल्पको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहा निवासी ४८ बुद्धि प्रसाद पाण्डेको पौष १४ गते क्यान्सर रोगबाट निधन भएको हो। आर्थिक अभाव सँगै कमजोर परिवार भएको पाण्डे परिवारलाई दुबैबाट रु ५० हजार ५१ रुपैया उपलब्ध गराइएको रकम संकलक नेतृत्व गर्नु भएकी सबिता न्यौपानेले बताउनु भयो । बुद्धि लामो समय क्यान्सर रोगले पिडित रहेको र उपचार गर्दा आर्थिक अभाव भएको खबर सुनेर आफूहरुले बिदेशबाट खाजा खर्च कटाइ थोरै भएपनि सहयोग जुटाएर पिडित परिवारलाई पठायको शिव पान्डेले बताउनु भयो । यस्तै दुबैमा कार्यरत हेमन्तरमा रामु ले पनि हामिले जुटायको रकम रुरु धार्मिक सेवा सन्चार प्राली मार्फत वडा अध्यक्ष बिष्णु गैरे रामजी प्रसाद भट्टराई , पर्सुराम भट्टराई र रामचन्द पाण्डे लगायतको उपस्थितमा मृतकका दाइ कृष्ण श्रीमती खिम कला र छोरा मनोजलाई यो रकम हस्तान्तरण गरिएको बताउनु भयो । रकम हस्तान्तरण गर्दै अध्यक्ष वडा अध्यक्ष बिष्णु गैरेले वैदेशिक रोजगारमा गएका नेपाली दाजुभाइ दिदीबैनिहरुले यस्ता दुखका काममा मलाम पट्टी लगाउन सहयोग गरेको र यो रकम काज कृयामै खर्च गरिदिने प्रतिबद्धता जनाउनु भयो।



















Discussion about this post