असार -२७
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा जिल्लाको तिनाउँ गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षका दुर्गा बहादुर गाहा मगर रहेका छन् । आज दिउँसो करिब ४:३० बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर २ सिस्नेरी स्थित भित्री सडक खण्डमा दोभानबाट सिस्नेरी तर्फ जादै गरेको लु २ त २५३ नम्बरको ट्रली जडान नभएको ट्याक्टरको अगाडिको दायाँ तर्फको टायर फुस्किन जादा अनियंत्रित सडकबाट ७ मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो। सूचना अधिकारी एवम् प्रबक्ता त्वातीका अनुसार दुर्घटनामा परि मृत्यु भएका गाहा मगरलाई ट्याक्टरले च्यापेको कारण मृत्यु भएको हो।
सोही दुर्घटनामा परि ट्याक्टर सहचालक ४२ वर्षका एक बहादुर थापा भने सामान्य घाइते भएका छन् । घाइते थापाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



















Discussion about this post