भदौ १६ काठमाडौं । कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए ।
महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।
देशैभर कोरोना संक्रमितको संख्या ४० हजार ५ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप १०६९ जनामा कोरोना संक्रमण देखिएसंगै देशैभर कोरोना संक्रमितको संख्या बढेर ४० हजार ५ सय २९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङका क्रममा जानकारी दिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
जसमध्य गण्डकी प्रदेशमा १ हजार ७०८ जना कोरोनामुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।
Discussion about this post