लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

73
SHARES
112
VIEWS


स्याङ्जाको वालिङ नगरपालिका ११ मा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । वडा नम्बर ११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टीङ खानेपानी आयोजना सम्पन्न भएको हो ।
सम्पन्न खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख भूपराज अधिकारीले जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्न नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो । आधारभूत आवश्यकता पूरा नहुँदासम्म विकासका कुरा गरेर मात्रै नहुने भन्दै नगरप्रमुख अधिकारीले सबै क्षेत्रमा खानेपानी पु¥याउनका लागि आँपूm प्रतिबद्व रहेको उल्लेख गर्नुभयो ।
नगरप्रमुख अधिकारीले कृषि तथा पशुपालनमा सेवा विस्तारका लागि पनि खानेपानीको आवश्यकता रहने भन्दै अब उत्पादनमा जोडिनका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले समयमा नै योजना सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
आयोजना उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भण्डारीले खानेपानीको व्यवस्थापनका लागि अझै पनि बजेट अपुग भएको बताउनुभयो ।
सम्पन्न लिफ्टिङ खानेपानी खानेपानी आयोजनाबाट गल्याङ नगरपालिकाका वडा नम्बर ११ अन्तर्गत साविकको वडा नम्बर ६ र ९ का झण्डै एक सय घर परिवार लाभान्वीत हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार