रामडाडालाई प्रदेशकै नमुना क्षेत्र बनाउने नगरप्रमुख गिरिको उद्घोष

49
SHARES
157
VIEWS

राजन भट्टराई,भदौ १९
स्याङ्जा – रामडाडा स्याङ्जाको एउटा सुन्दर धार्मिक एबम पर्यटकीय स्थल जुन स्याङ्जा चापाकोट नगरपालिकाको सेखाममा अबस्थित छ। गर्मी महिना चिसो हावा, फर्फराउदै गरेको बिशाल चन्द्र सुर्य अङ्कित झन्डा सेखाम डाडाको चुचुरोमा अबस्थित घासे मैदानबाट कालीगण्डकी आसपास देखिने मनोरम दृश्य जति हेर्यो उति हेरु लाग्ने जति बस्यो उति बस्न मन लाग्ने साच्चै स्वर्गीय आनन्द प्राप्त हुने ठाउँ हो।

“रामडाडा” मर्यादा पुरुषोत्तम भगवान रामको नामबाट नामकरण गरिएको डाडा रामडाडा अहिले स्याङ्जा,पाल्पा,कास्की र तनहुबाट हजारौंको संख्यामा पर्यटक मनोरञ्जन प्राप्त गर्न आउने स्थान बनेको छ।सुन्दर घासे मैदान र त्यसमा निर्माण गरिदै गरेको २५फिट अग्लो बिशाल भगवान शिवको मुर्तिले उक्त रामडाडाको बैभबतालाई फराकिलो बनाएको आभास हुन्छ। कालीगण्डकी उपत्यका आसपासबाट देखिने फर्फराउदै गरेको चन्द्रसुर्य अङ्कित विशाल झन्डा देख्ने बित्तिकै कतिबेला रामडाडा पुगुला र झन्डाको अगाडी बसेर गर्बले छाती फुलाउदै फोटो सुट गरुला भन्ने लाग्छ भन्छन आम स्थानीय पर्यटकहरु।

यहि मेसोमा रामडाडा पुगेका चापाकोट नगरपालिका मेयर शिव कुमार गिरिले चापाकोट नगरको आर्थिक सहयोगमा बन्दै गरेको भगवान शिबको मुर्ति अबलोकन गरेका छन। अबलोकनको क्रममा रामडाडालाई प्रदेशकै नमुना धार्मिक एबम पर्यटकीय स्थल बनाउने दृढ संकल्प लिएर अगाडी बढेको र आबस्यक भौतिक सम्साधनको बिकासको लागि चापाकोट नगरपालिकाले आर्थिक सहयोगको कार्यभार सम्हालिरहेको कुरा स्याङ्जा खबरसँग व्यक्त गरेका छन। स्थानीय सर्बसाधारण सहित चापाकोट नगरका प्रमुख शिवकुमार गिरि र चापाकोट नगरपालिका ५ का अध्यक्ष इन्द्र शाहीले बिहिबार रामडाडामा निर्माणधिन २५ फुट अग्लो भगवान शिबको मुर्तिको अबलोकन गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार