श्री जनहितमा दुई करोड ४७ लाखमा थप नौ कोठे भवन निर्माण गरिने

810
SHARES
156
VIEWS

स्याङ्जा भदौ -२५, गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि बिद्यालयको भौतिक संरचनाले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यहि वास्तविक तथ्यगत बिषय वस्तु लाई आत्मसात साथ गर्दै पछिल्लो चरणमा सरकारी बिद्यालय हरुले भौतिक संरचनामा जोड दिएका छन् । यसै क्रममा स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ मा अवस्थित श्री जनहित माविको लागि अत्याधुनिक नौ कोठे भवन बन्ने भएको छ। साउदि अरेबियाको राजदुतावासको ( केन्द्रिय स्तरको आयोजना कार्यान्वयन इकाइ- CLPIU ) आर्थिक सहयोगमा बन्ने बिद्यालय भवनले श्री जनहित मावीलाइ भौतिक रुपमा सम्पन्न तुल्याउने छ। कुल दुई करोड ४७ लाख लागतमा बिद्यालय भवनको निर्माणको जिम्मा गौरा निर्माण कम्पनीले प्राप्त गरेको छ। विद्यालय पक्ष र भवन निर्माण कम्पनीका प्रतिनिधिका बीच भवन निर्माणको बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। भेटघाट तथा छलफल कार्यक्रममा गौरा निर्माण सेवा निर्माण सेवाका प्रतिनिधि दुर्गा भुर्तेल , गुरु प्रसाद न्यौपाने , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामिछाने , बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा कालीगण्डकी पालिका वडा नम्बर एकका अध्यक्ष सोभिलाल चौतारे , बम लामिछाने , किस्मत श्रेष्ठ , लोक प्रसाद श्रेष्ठ , बिद्यालयका प्रधानाध्यापक केशर क्षेत्री , ढुन्डी राज पाण्डे , ओम सोमै , इन्दिरा गुरुङ , सृष्टि गुरुङ लगायत अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो। भवन निर्माणको सम्झौता यस अघि नै भैसकेकोले केही दिन भित्र भवन निर्माण कार्य अगाडि बढाइने बिद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण लामिछानेले बताउनु भयो। बिद्यालय भवन निर्माणको लागि पहल गरिदिने जिल्ला स्तरीय कार्यक्रम कार्यनयन इकाइ( शिक्षा) स्याङ्जा र जिल्ला शिक्षा बिकास समन्वय इकाई स्याङ्जा प्रती आभार व्यक्त गर्दै बिद्यालय भवन समयमै निर्माण हुने र गुणस्तरीय शिक्षाको लागि कुनै कसर बाकी नराखिने बिद्यालयका प्रअ केशर बहादुर क्षेत्रीले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार