नेपालमा १०३९ जना कोरोना संक्रमित थपिए

18
SHARES
143
VIEWS

भदौ- २८, २०७७ -नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा नाै हजार एक सय ६५ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार