भदौ -२८, एऊटा सुन्दर गाउँ जहाँ सबै जना पनि मिलनसार हुन्छन् । त्यो गाउँमा शिवकाकाको परिवार पनि हुन्छ । शिवकाका गाउँका जेठाबाठा भलादमी व्यक्ति हुन्छन् । जो अरुलाई राम्रा अर्ति उपदेश दिने गर्छन् । शिबलाई एउटैकुराको ठुलो खड्को हुन्छ । घरमा छोरी नभएको । शिवको घरमा बुहारी खराब चरित्रकि हुन्छे । जो शिव र उनी श्रीमति गौरीलाई मान्छे गन्दिन् । यो घर भित्र भित्र भित्र भुसको आगो सल्किन थाल्छ ।
यो कुनै सत्य घटना नभई टेलिचलचित्रको कथा हो । नेपालमा बृद्धबृद्धा माथी छोरा बुहारीले गर्ने व्यवहार तथा द्धोन्दलाई टेलिचलचित्र मार्फत देखाएको छ । हाल वैदेशिक रोजगारीको शिलशिलामा होस् वा परिर्वतित् सामाजिक संस्कारको कारण जेष्ठनागरिकले भोग्नु परेको छ ।
सोहि घटनालाई समेटेर टेलिचलचित्र संकोच निमार्ण गरेको कुरा यसका निर्माता तथा लेखक मुकुन्द किशोर भट्टराई बताए ।कन्सेप्ट क्रियशन इन्टरटेन्टन्मेट प्रा.लिको प्रस्तुतिमा निर्मित यस टेलिचलचित्रलाई निर्देशन संजिब पौडेलले गरेका हुन् । मुकुन्द किशोर भट्टराय, बिध्या कार्की, पवन खतिवडा, रोशनी के.सी, राजेश तिमल्सीना शुरेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसमा टेलिचलचित्रको शिर्ष गीतलाई मुकुन्द किशोर भट्टरायले गाएका छन् भने महेश देउरालीले संगीत भरेका छन् ।
टेलिचलचित्र संकोचलाई संजिब पौडेल स्वंयमले छायांकन तथा सम्पादन गरेका हुन् ।
लामो समय देखि चलचित्रमा अभिनय, लेखन तथा गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल मुकुन्द किशोर भट्टरायले आफुलाई यसको बिषयबस्तु मन परेको कारण स्वंयम आफु निर्माताको रुपमा प्रस्तुत भएको जानकारी दिए ।
“सबैलाई सहज होस् भन्ने हेतुले हामीले युटुब मार्फत यसलाई सार्बजनिक गर्दछौ । दर्शकको सुझव तथा प्रतिकृया अनुसार यसलाई पस्किदै जानेछौ । ” भट्टराई भने ।
युटुबमा टिभि फुल मस्ति (TV Full Masti ) नामक च्यानलबाट हरेक शनिवार सार्बजनिक भएको टेलिचलचित्र ‘संकोच’ मा दर्शकहरुको उत्साजनक स्थितिले गर्दा निर्माता पक्ष खुशि देखिएको सह- निर्देशक राजेश तिमल्सिनाले बताउनु भयाे ।
Discussion about this post